Thursday, July 26, 2012

Charya

Have you ever heard of Charya Dance?

Few might say YES.

Have you actually seen Charya Dance?

Most would say NO.

(It must be noted that Charya Dance practised as an art form and performed everywhere on stage are not actual Charya traditions. They do resemble Charya, but Charya are way different and secret rituals, popular among few tantric caste groups in Nepal and few in India and other parts of the globe.)

Here's one of the Charya type - Bhairav and Kali, dance directed by Yagya Man Shakya. (a performance-based dance, not a ritual type)


Tuesday, July 17, 2012

संस्कृति र सम्पदा क्षेत्रमा पहिलो नगर युवा स्वयंसेवी




साप्ताहिक अमलेख __________________________________

काठमाडैाँ, असार ३० गते शनिबार ।


काठमाडैाँ महानगरपालिका, सम्पदा शाखाले संस्कृति र सम्पदा क्षेत्रका लागि पहिलो युवा स्वयंसेवी समूहको तालिम शनिबार सम्पन्न गरेको छ ।


सम्पदामा युवा र बालबालिका (संयुवा) नामक यस स्वयंसेवी समूहले विशेषतः स्थानीय विद्यालयहरूमा गर्इ सम्पदा विषयक तालिम र समूह गठन गर्ने जिम्मेवारी रहेको आयोजक काठमाडैाँ महानगरपालिकाले जनाएको छ ।


चार दिने उक्त संयुवा स्वयंसेवीहरूका लागि टोली गठन सम्बन्धी तालिम कार्यक्रममा सहभागीहरूलार्इ सम्पदाको परिचय, वातावरण क्षेत्रमा युवावर्ग, स्वयंसेवाको परिचय, नेतृत्व विकास, सामूहिक कार्य, सञ्चार सीप, प्रस्तुतीकरण, सम्पदा संरक्षण लगायतका बारेमा तालिम दिइएको थियो ।


यो कार्यक्रम
आउँदा धेरै कार्यक्रमको सुरूवात हो ।


श्रृजु प्रधान, कार्यक्रम संयोजक


कार्यक्रममा "यःमरिया बाखँ " नामक डकुमेन्टीको प्रदर्शनी तथा पाटन दरबार क्षेत्र र हनुमानढोका दरबार क्षेत्रमा भ्रमण पनि समावेश थिए ।


सो तालिममा अधिकांश सहभागीहरू प्लस टुदेखि स्नातक तहका रहेका थिए । तालिमको समापन कार्यक्रमको सभापतित्व सम्पदा शाखाका प्रमुख इन्द्रमान सिंह सुवालले गर्नुभएको थियो । सो समापन समारोहमा काठमाडैाँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदारप्रसाद अधिकारीले सहभागीहरूलार्इ प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।


कार्यक्रममा हनुमानढोका दरबार संग्रहालय विकास समितिका प्रमुख सरस्वती सिंह, पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहाल लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।


सहभागीहरूले सो तालिम अत्यन्तै प्रभावकारी रहेको अनुभव सुनाएका थिए । त्यसैगरी, कार्यक्रम संयोजक श्रृजु प्रधानले सो कार्यक्रम आउँदा धेरै कार्यक्रमको सुरू भएको बताउनुभयो ।